बारा । मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाको जितपुरमा नयाँ शाखा विस्तार गरेको छ । प्रदेश २ अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका ७, जितपुरमा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको एक सय ८५औँ शाखा हो । मेगा बैंकले केही दिनअघि छवटा नयाँ शाखा विस्तार गरेको थियो । मेगा बैंकले निकट भविष्यमै थप नौवटा शाखा विस्तार गर्ने तयारी गरेको छ ।