काठमाडौं । साहस ऊर्जा लिमिटेडले ३५ करोड रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुका स्थानीयवासीहरूको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३५ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको कम्पनीको यही साउन २९ गतेबाट खुला हुने साधारण सेयरको बिक्री कार्य छिटोमा भदौ ११ र ढिलोमा भदौ २७ गते बन्द हुनेछ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम १० लाख ५० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।
अधिकृत पुँजी तीन अर्ब ५० करोड र जारी पुँजी तीन अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी दुई अर्ब ३५ करोड रुपैयाँ छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीहरूको लागि छुट्याएको ३५ करोड र सर्वसाधारणको लागि छुट्याएको ७० करोेड रुपैयाँबराबरको साधारण सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी तीन अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।