काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७७/०७८ मा छ करोड १९ लाख ३८ हजार चार सय ७६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा तीन करोड दुई लाख ३८ हजार तीन सय ८२ रुपैैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८३ करोड ४३ लाख ३८ हजार चार सय ३२ रुपैयाँ रहेको बैंकले आव २०७७/०७८ मा चार अर्ब ५१ करोड १७ लाख ३८ हजार ३५ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९९ करोड ३३ लाख ८५ हजार दुई सय ८० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २१ करोड ७२ लाख २७ हजार सात रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको एक दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ९५ प्रतिशतको स्प्रेडदर रहेको बैंकको वितरणयोग्य नाफा भने सात करोड ४४ लाख ९४ हजार एक सय तीन रुपैयाँ रहेको छ ।
अघिल्लो आवकोे सोही अवधिमा भने बैंकले तीन अर्ब ४० करोड २२ लाख ८२ हजार तीन सय २९ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ८० करोड ३० लाख ७७ हजार ६५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २२ करोड २० लाख ६८ हजार सात सय ९२ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको तीन दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर सात दशमलव ४१ प्रतिशत रहेको थियो ।