काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड रुपैयाँबराबरको बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीका अनुसार बीमित सूर्यबहादुर खड्काको मृत्युबापत एक करोड बीमाङ्क रकम बराबरको रकम भुक्तानी गरिएको हो ।
कम्पनीको प्रदेश १ स्थित शाखा कार्यालय गाईघाटबाट २०७६ असार ३१ मा जीवन बीमा गरेका खड्काको गत असार १५ मा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । कोरोना भाइरसको लक्षण देखिएपछि उनलाई हेलिकप्टरबाट ललितपुरमा ल्याइएको थियो । उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले एक कार्यक्रबीच बीमितले इच्छाएको व्यक्ति निजकी श्रीमती सिर्जना खड्कालाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
प्रमुख कार्यकारी अधिकृत फुयाँलले कम्पनी सदैव बीमितको हित, बीमाको सरल सेवा प्रवाह, छिटो छरितो तवरमा दाबी भुक्तानी, जीवन बीमाको जनचेतना र न्यूनभन्दा न्यून आयस्रोत भएका समूहमा पहुँचका लागि कटिबद्ध रहेको जानकारी दिए ।