काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार बजार परिसुचक शुन्य दसमलव ६६ अंकले उकालो लागेर तीन हजार एक सय आठ दसमलव १२ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ७८ अंकले उकालो लागेर पाँच सय ७८ दसमलव नौ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख २६ हजार नौ सय २४ पटकको कारोवारमा दुई करोड ६९ लाख ९६ हजार तीन सय १३ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल सेयर कारोवार रकम भने आज १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार आठ सय ८७ रुपैयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये छ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने सात वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंंक, जलबिद्युत, फाईनान्स, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहरुको सुचक उकालो लागेका छन् भने निर्जिवन बीमा, जीवन बीमा, लघुुबित्त, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य र लगानी समुहहरुको सुचक भने ओरालो लागेका छन् ।