काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको यही साउन २४ गते बसेको सञ्चालक समितिको एक सय चारऔं बैठकले कम्पनीको गत आर्थिक वर्षको सञ्चित मुनाफामध्येबाट कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँमध्येबाट १० प्रतिशतको अनुपातमा सात करोड ३३ लाख २५ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशत अर्थात् ३८ लाख ५९ हजार ९४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
यसैगरी कम्पनीले प्रस्तावित बोनस सेयर जारी गरेपश्चात् कायम हुने चुक्ता पुँजीको दुईबराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । कम्पनीको अनुसार लाभांश एवं हकप्रद सेयर जारी गर्ने प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वनमा आउनेछ । (आर्थिक दैनिकबाट)