काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन एक दसमलव ५४ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार ५१ दसमलव ८६ अंकले उकालो लागेर तीन हजार एक सय ६१ दसमलव ४४ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ अंकले उकालो लागेर पाँच सय ८७ दसमलव ९५ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २५ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख ६३ हजार नौ सय ६९ पटकको कारोवारमा तीन करोड ३५ लाख ३५ हजार दुई सय १३ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार आज कुुल सेयर कारोवार रकम १७ अर्ब ८४ करोड ६१ ४७ हजार दुई सय ७९ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये तीन वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् भने बाँकी १० वटा उपसमुहरुको सुचक उकालो लागेका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, लघुबित्त, जीवन बीमा, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी उपसमुहहरुको सुचक उकालो लागेका छ भने ट्रेडिङ, होटल तथा पर्यटन र जलबिद्युत उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।