काठमाडौं । सेयर बजारमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन सेयर बजार परिसुचक एवं कारोवार रकम रकम दुबै नै उच्च अंकले बढेकोमा साताको चौथो कारोवार दिन बुधबार बजार परिसुचक शुन्य दसमलव ९४ अंकले उकालो लागेर तीन हजार एक सय ६२ दसमलव ५९ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज दुई दसमलव ३८ प्रतिसतले ओरालो लागेर पाँच सय ८५ दसमलव ७१ अंकमा झरेको छ । आज १३ वटा समुहको दुई सय ३० वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख ३९ हजार दुई सय १८ पटकको कारोवारमा दुई करोड ७२ लाख ९८ हजार छ सय २४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल कारोवार रकम १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार चार सय ५४ रुपैयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहरु मध्ये आठ वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् भने पाँच वटा उपसमुहरुको सुचक उकालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, ट्रेडिङ, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी उपसमुहरुको सुचकहरु ओरालो लागेका छन् भने होटल तथा पर्यटन, जलबबिद्युत, निर्जिवन बीमा, जीवन बीमा र लघुबित्त उपसमुहको सुचक भने उकालो लागेका छन्।