काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा ५७ करोड ४६ लाख ३६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाले २० करोड ४६ लाख ५५० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
हाल चुक्ता पुँजी ६२ करोड ५५ लाख १९ हजार रुपैयाँ रहेको संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा छ अर्ब ६४ करोड ८७ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ५६ करोड ९५ लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब २७ करोड ४१ लाख चार हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २७ करोड ७३ लाख ५३ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ६७ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले पाँच अर्ब ६० करोड २७ लाख २२ हजार रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ६० करोड १६ लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ७५ करोड १८ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २१ करोड २६ लाख ५२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ६७ प्रतिशत रहेको थियो ।