काठमाडौं । सेयर बजार परिसुचक ३२ सय अंकको नजिक पुगेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार बजार परिसुचक १६ दसमलव ४१ अंकले उकालो लागेर तीन हजार एक सय ७९ अंकमा पुगेको हो ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव ४६ अंकले उकालो लागेर पाँच सय ९१ दसमलव १६ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २५ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख ५४ हजार छ सय ६० पटकको कारोवारमा तीन करोड ६६ लाख आठ हजार चार सय ६१ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार आज कुल सेयर कारोवार रकम १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार एक सय १५ रुपैयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये सात वटा उपसमुहरुको सुचक उकालो लागेका छन् भने छ वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी उपसमुहहरुको सुचक उकालोे लागेका छन् भने जलबिद्युत, निर्जिवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य र लघुबित्त समुहरुको सुचक ओरालो लागेका छन् ।