काठमाडौं । ‘सेभ टनाटन अर्न टनाटन’ स्लोगनसहित फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्स २०७८ सालको दशैँ अफर ल्याएको छ ।
योजनाअन्तर्गत भ्यान भ्यु सीएस २ एलको खरिदमा तीन महिनासम्म किस्ता तिर्नु नपर्ने, ८० प्रतिशतसम्म फाइनान्स, दुई लाख ५० हजार रूपैयाँसम्म छुट र मात्र १२ लाखको डाउनपेमेन्टमा गाडी दिने कम्पनीले जनाएको छ । साथै एक वर्षको लागि निःशुल्क बीमा र एक वर्षको लागि निःशुल्क रोड ट्याक्स रहेको कम्पनीले जनाएको छ । कोरोना महामारीबाट कम्पनीका अनुसार हाल १९–सिट क्षमताको भ्यान भ्यु सीएस२ एल यो छुट पाइनेछ । साथै पिकअप टुनल्यान्डको लागि पनि छिटै दशैँ अफर आउने जनाएको छ ।