काठमाडौं । नेपाल बंगलादेश बैंकले शाखा विस्तारको क्रममा कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं ८ मा आफ््नो १००औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीको उपस्थितिमा औपचारिकरूपमा सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ ।
बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । कलकत्ता शाखासहित बैंकले एक सय शाखा, आठवटा एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको बैंकले जानकारी दिएको छ ।