काठमाडौं । यस साता सेयर बजार परिसूचक तीन हजार एक सय ७९ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ९१ दशमलव १६ बिन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय ३० वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार सात लाख १३ हजार सात सय ३० पटकको कारोबारमा १४ करोड ९८ लाख ३२ हजार तीन सय १० कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम ७९ अर्ब २६ करोड आठ लाख ४० हजार नौ सय १६ रूपैयाँ पुुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै १५ अर्ब रूपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय २६ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार छ लाख नौ हजार छ सय १८ पटकको कारोबारमा १३ करोड १० लाख २४ हजार नौ सय ११ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम ६४ अर्ब ५२ करोड ८७ लाख ३२ हजार नौ सय ५५ रूपैयाँ पुुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ दिन नै सेयर बजार परिसूचक उकालो लागेको थियो ।
सोमध्ये पहिलो दिन बजार परिसूचक शून्य दशमलव ६६ अंकले उकालो लागेर तीन हजार आठ दशमलव १२ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७८ बिन्दुले उकालो लागेर पाँच सय ७८ दशमलव नौ बिन्दुमा चढेको थियो । दोस्रो दिन पनि बजार परिसूचक एक दशमलव ५४ अंकले उकालो लागेर तीन हजार एक सय नौ दशमलव ६६ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने दुई दशमलव पाँच बिन्दुले ओरालो लागेर पाँच सय ७५ दशमलव ९५ बिन्दुमा झरेको थियो ।
तेस्रो दिन पनि बजार परिसूचक ५१ दशमलव ८६ अंकले उकालो लागेर तीन हजार एक सय ६१ दशमलव ४४ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १२ अंंकले उकालो लागेर पाँच सय ८७ दशमलव ९५ बिन्दुमा चढेको थियो । चौथो दिन पनि बजार परिसूचक शून्य दशमलव ९४ अंकले उकालो लागेर तीन हजार एक सय ६२ दशमलव ५९ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने दुई दशमलव ३८ अंकले ओरालो लागेर पाँच सय ८५ दशमलव ७१ बिन्दुमा झरेको थियो । पाँचौं दिन पनि बजार परिसूचक १६ दशमलव ४१ अंकले उकालो लागेर तीन हजार एक सय ७९ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ४६ अंकले उकालो लागेर पाँच सय ९१ दशमलव १६ बिन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीह्रूको सूचीमा अपर तामाकोशी हाइड्रोपावर कम्पनी, नेसनल हाइड्रोपावर कम्पनी अरुण कावेली पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनी हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अरुण काबेली पावर लिमिटेड आदि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
