काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भर्खरै मात्र लन्च भएको गाडी अल न्यू आई२० का लागि गत शुक्रबार गोकर्ण फरेस्ट रिसोर्टमा मिडिया टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा अल न्यू आई२० का ईडीजीवाई तथा स्पोर्टी विशेषताहरुमाथि ध्यान आकर्षण गराइएको थियो । एक हप्ताअगाडि मात्र नेपालमा लन्च भएको उक्त गाडीलाई बजारमा जबर्दस्त प्रतिक्रिया प्राप्त भहिरहेको कम्पनीको भनाइ छ । नेपाली अटो बजारमा यस गाडीले नयाँ आयाम कायम गर्ने कम्पनीले जनाएको छ ।
हुन्डाई आई२० टाइफुन सिल्वर, टाइटन ग्रे, मेटालिक कपर, स्टार्री नाइट, पोलर ह्वाइट र फायरी रेडमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नेपालमा माग्ना र स्पोर्टज भेरिएन्ट पाइने यस गाडीको मूल्य ३६ लाख ९६ हजार रुपैयाँ र ४१ लाख ९६ हजार रुपैयाँ रहेको छ ।