काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा ७८ लाख ४० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १६ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी छ करोड १५ लाख रुपैयाँ रहेको संस्थाले आव २०७७–०७८ मा १२ करोड ९० लाख २२ हजार रुपैयाँ निक्षेप संकलन गरी ७४ करोड ३६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड १९ लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ३५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर सात दशमलव ६४ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले नौ करोड ९३ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी ६२ करोड ४० लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ६४ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर आठ दशमलव ९९ प्रतिशत रहेको थियो ।