काठमाडौं । जीवन विकास लघुुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ३४ करोड १४ लाख २३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ मात्र रहेको संस्थाले आव २०७७–०७८ मा आठ अर्ब नौ करोड चार लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ४५ करोड ८२ लाख ३७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ४१ करोड ६७ लाख ११ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोे संस्थाको प्रोभिजन रकम ७६ करोड १७ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने निष्क्रिय कर्जाको अनुपात शुन्य दशमलव ६१ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले पाँच अर्ब ६२ करोड ३१ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ६६ करोड २४ लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९४ करोड ८९ लमाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २३ करोड ३० लाख ३६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव २९ प्रतिशत रहेको थियो ।