काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई–पे' र भोजबीच सम्झौता भएको छ । सम्झौताअनुसार नेपालको वान स्टप फुडी एप भोजबाट खरिद गर्दा सेवाग्राहीहरूले अबदेखि आईएमई–पे एपमार्फत सजिलैसँग भुक्तानी गर्नसक्ने छन् । भोज र आईएमई डिजिटल सोलुसन लिमिटेडबीच भएको सम्झौतापश्चात् अब भोजबाट आईएमई–पेमाफर्त खरिद गर्दा पाँच सय रुपैयाँ नबढ्ने गरी २० प्रतिशत क्यासब्याक गरी सेवाग्राहीले प्राप्त गर्न सक्नेछन् । अफर १३ अगस्त २०२१ देखि १९ अगस्त २०२१ सम्म लागू हुनेछ ।
उक्त अवसरमा बोल्दै आईएमई डिजिटल सोलुसन लिमिटेडका बजार व्यवस्थापक आमोद भट्टराईले भोजमा ‘आईएमई–पे'को भुक्तानी सेवासँगै २० प्रतिशत क्यास ब्याकको योजना पनि सुरु भएको हुँदा आईएमई–पेबाट भुक्तानी गरी सेवाग्राहीहरूले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताए ।सेवा सुरुआत गरिएको उपलक्ष्यमा बोल्दै भोजका सहसस्थापक निकेत अग्रवालले भोजदिल्सबाट खरिद गर्दा ‘आईएमई–पे'मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास व्यक्त गरे ।