नयाँ दिल्ली । दुईपांग्रे सवारीसाधन निर्माता हिरो मोटोकर्पले सोमबार पछिल्लो हप्ता आफ्नो १०औँ वर्षगाँठमा एकै दिन एक लाखभन्दा धेरै मोटरसाइकल बिक्री गरेको जनाएको छ । कम्पनीले यो वर्ष अगस्ट ९ मा आफ्नो एक्लो ब्रान्ड स्थापनाको १० वर्ष पूरा गरेको हो ।
हिरो मोटोकर्पले जापानको होन्डा कम्पनीको साथै आफ्नो पूर्ववर्ती ज्वाइन्ट भेन्चर हिरो होन्डालाई लिएर साझेदारी अन्त भएपपछि सन् २०११ अगस्टमा लन्डनमा ओ–२ एरिनामा आफ्नो नयाँ ब्रान्ड घोषणा गरेको थियो । कम्पनीको बिक्री र बिक्रीपछिको सेवामा प्रमुख नवीन चौहानले अगस्ट ९ लाई आफूहरुको यात्राको १० वर्ष पूरा गर्नु हिरो माटोकर्पको यात्रामा एक महत्वपूर्ण सफलता भएको बताए । उनले आफ्ना उत्पादन ग्राहकले अत्यन्त रुचाएको र त्यही फलस्वरुप खुद्रा बिक्रीमा उक्त कीर्तिमान कायम गर्न सफल भएको बताए । कम्पनीका अनुसार स्कुटरको बिक्री पनि अगस्ट ९ मा दुई गुणाले बिक्री भएको छ ।