काठमाडौं । टु–ह्विलर तथा थ्रि–ह्विलर निर्माता कम्पनी टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले कम्पनीले ‘टीभीएस न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स र फराकिलो टायर भएको अपाचे १६० २भी’ सार्वजनिक गरेको छ ।
कम्पनीले अपाचे १६० २भीमा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स समावेश गरी फरक डिजाइनमा बजारमा ल्याएको हो । यसको पछाडि १२०/७०×१७को नयाँ फराकिलो टायर राखिएको छ, जसले बाटोमा अझ राम्रो ग्रिप र सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यो मोटरसाइकल पर्ल वाइट, म्याट ब्लु, ब्ल्याक, ग्लस रेड र ग्रे गरेर पाँचवटा भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको मूल्य नेपाली बजारमा दुई लाख ६९ हजार नौ सय रुपैयाँ तोकिएको छ । जगदम्बाले काठमाडौंको सानो भ-याङमा आफ्नो शोरुम विस्तार गरी यो मोटरसाइकल सार्वजनिक गरेको हो ।