अमेरिका । संसारकै धनी जेफ बेजोसले अमेरिकी अन्तरिक्ष संस्था नासाविरुद्ध मुद्दा हालेका छन् । नासाले चन्द्रमामा अवतरण गराउने यानको सम्झौता एलन मस्को स्पेस एक्सलाई दिने निर्णयलाई लिएर बेजोसको ब्लु ओरिजिनले मुद्दा हालेको हो ।
अमेजनका पूर्वमालिकले उक्त सम्झौतामा समस्या रहेको दाबी गरेका छन् । गत अप्रिलमा उक्त सम्झाौता भएको थियो । यसबारे नासाले अहिले नै केही बताइसकेको छैन तर संघीय वाचडगले सम्झौताको समर्थन गरेको बताएकोा छ । अदालतमा शुक्रबार दर्ता गरेको मुद्दामा ब्लु ओरिजिनले चन्द्रमामा अवतरण गर्ने प्रणाली विकास गर्न दुई कम्पनी आवश्यक पर्ने जिकिर गरेको छ । चाँडोमा सन् २०२४ भित्र चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री पु¥याउने नासाको योजना छ । त्यस्तै कम्पनीले टेन्डर प्रक्रियामै नासाले अवैधानिक र नराम्ररी आफ्नो प्रस्तावको मूल्यांकन गरेको आरोप लगाएको छ ।
उसले सम्झौता पारदर्शी, प्रतिस्पर्धी र सुरक्षित रुपमा चन्द्रमामा मानव पुग्ने गरी हुनुपर्नेमा समस्याग्रस्त देखिएको दाबी गरेको छ । स्पेस एक्ससँग सम्झौता गर्दा नासाको मानव अनुसन्धान प्रमुख क्याथी ल्युडर्सले नासाको अहिलेको बजेटबाटै दुई कम्पनी छनोट रोकिएको स्वीकारेकी थिइन् । उक्त परियोजनाका लागि अमेरिकी संसद्ले नासालाई तीन अर्ब ३० करोड डलरमध्ये ८५ करोड डलर खर्च गर्न अनुमति दिएको थियो ।
त्यस्तै स्पेस एक्सको अर्बिटल मिसनहरुको तथ्यलाई पनि हेरेर सम्झौता गरिएको नासाले जनाएको थियो । त्यसबाहेक स्पेस एक्सले कम लागत प्रस्ताव गरेकोले यसले पनि उसले उक्त परियोजना पाएको नासाको दाबी थियो । गत जुलाईमा बेजोसले नासाको लागतको दुई अर्ब डलरसम्म आफूले खर्चिने भन्दै सम्झौता पुनरवलोकनको प्रस्ताव गरेका थिए । तर यसको आलोचना भएको थियो । तत्कालीन समयमा अमेरिकी वाचडग गभर्नमेन्ट अकाउन्टेटबिलिटी अफिस (जीएओ)ले ब्लु ओरिजिनको उजुरी अस्वीकार गरेको थियो । नासाले उक्त मुद्दामा अक्टोबर १२ सम्ममा प्रत्युत्तरपत्र अदालतलाई बुझाउनुपर्नेछ । स्पेस एक्सले भने यसबारे केही प्रतिक्रिया दिएको छैन ।