काठमाडौं । हिमालयन बैंकले डाइनर्स क्लबसँग सम्झौता गरेको छ । बैंकका अनुसार उक्त कम्पनीसँग क्रेडिट कार्ड जारी तथा स्वीकार गर्नेसम्बन्धी कार्यको लागि सम्झौता गरिएको हो । बैंक र डिस्कभर्स फाइनान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अन्तर्राष्ट्रियबीच नेपालमा बैंकबाट डाइनर्स क्लब कार्ड जारी तथा स्वीकार गर्ने तथा डाइनर्स क्लब अन्तर्राष्ट्रिय, डिस्कभर्स फाइनान्सियल सर्भिसेजको गठबन्धन सञ्जालको कार्ड स्वीकार गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकले जानकारी दिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबराले हिमालयन बैंकले डाइनर्स क्लब अन्तर्राष्ट्रिय आफ्नो क्रेडिट कार्ड जारी तथा स्वीकार गर्ने सन्जालमा सामेल बताएका छन् । उनले चाँडै डाइनर्स क्लब अन्तर्राष्ट्रिय कार्ड आफ्नो कार्ड सञ्जालमा सामेल हुने हुँदा बैंकले निकट भविष्यमै आफ्ना मर्चेन्टलाई बढीभन्दा बढी प्रसिद्ध अन्तर्राष्ट्रिय कार्डहरू स्वीकार गर्ने क्षमता प्रदान समेत प्रमुख कार्यकारी राणाले बताएका छन् ।