काठमाडौं । सेयर बजार परिसुचक ३२ सय अंक नजिक पुगेको छ । अघिल्लो दिन झिनो अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुधबार ३८ दसमलव २८ अंकले उकालो लागेर तीन हजार एक सय ९८ दसमलव ६० अंकमा पुग्न सफल भएको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज दिन चार दसमलव ८३ अंकले उकालो लागेर पाँच सय ९८ दसमलव ११ अंकमा पुग्न सफल भएको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २८ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसको एक लाख ८८ हजार चार सय ५४ पटकको करोवारमा तीन करोड ६५ लाख नौ हजार सात सय ५१ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कारोवार रकम २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार दुई सय ६९ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहरु मध्ये ट्रेडिङ र सामुहिक लगानी कोष उपसमुहहरुको ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पयर्टन, उत्पादनमुलक, अन्य, लघुबित्त र लगानी समुहरुको सुचक उकालो लागेका छन् ।