काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्यसमिति उपाध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा गठित नेपाल महिला चेम्बरका पदाधिकारी तथा सल्लाहकारहरुलाई मनोनयन पत्र प्रदान गरेका छन् ।
नवगठित नेपाल महिला चेम्बरको महासचिवमा लिमा अधिकारी तथा कोषाध्यक्षमा चारु सिखारिया तथा सल्लाहकारहरुमा क्रमशः अन्जना ताम्राकार, शान्तिलक्ष्मी शाक्य, निलम ताम्राकार, सोफी उपाध्याय, तथा सदस्यहरुमा क्रमशः राजलक्ष्मी सिंह, जानकी प्रधान श्रेष्ठ, कोहिनुर श्रेष्ठ, स्वरुपा श्रेष्ठ, रज्जु तण्डुकार, विना प्याकुरेल, कल्पनादेवी पिया श्रेष्ठ र अदिति गोयल रहेका छन् ।
उक्त अवसरमा चेम्बर अध्यक्ष मल्लले नेपाली महिलाहरुको आर्थिक उत्थान हुन सकेमा समृद्धि हासिल गर्न सकिने भएकाले नवगठित महिला चेम्बरले महिला उद्यमशीलता विकासतर्फ ध्यान दिनुपर्ने बताए । नवगठित समितिमा महिलाहरुको आर्थिक सशक्तीकरण अभियानमा अनुभव हासिल गरेका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधित्व भएकोले नेपाल महिला चेम्बरको रचनात्मक कार्यमा योगदान प्राप्त हुने उनले अपेक्षा गरे ।