काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरूको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले नबिल क्यास मेसिन जारी गरेको छ । आधुनिक बैंकिङ युगको सुरुवात गर्नेतर्फ केन्द्रित हुँदै यो नबिल क्यास मेसिनले ग्राहकहरूलाई एटीएममार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्नसक्ने सुविधा आएको छ ।
यो प्रविधि नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको हो । अब ग्राहकहरूले मेसिनमा एक हजार, पाँच सय र एक सय नेपाली रुपैयाँ जम्मा गर्न सक्नेछन् भने एक पटकमा ९९ हजार नौ सय जम्मा गर्न सक्नेछन् । साथै यसमार्फत नबिलको कुनै पनि बचत र चल्ती खातामा जम्मा गर्न सक्नेछन् । साथै यसमार्फत ग्राहकहरूले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्नेछन् ।
बैंकले आफ्नो देशभर एक सय ३५ वटा शाखा कार्यलयहरू, एक सय ८४ वटा एटीएम र १५ सयभन्दा धेरै नबिल रेमिट एजेन्टहरूसहित विभिन्न देशमा रहेका एजेन्टहरूको बृहत् सञ्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिसकेको छ । एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीको साथ ३७ वर्ष बैंकिङ अनुभवको साथ, बैंकको ग्राहकहरूलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।