काठमाडौं । पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्टले मिस वर्ल्ड २०२१ ‘ब्युटी विथ ए पर्पाेज’ परियोजनामा पुल निर्माणको लागि सहयोग प्रदान गरेको छ । वृज सिमेन्ट ई. प्रालि मिस नेपाल प्रतियोगिताको प्रायोजकको रूपमा विगत पाँच वर्षदेखि संलग्न हुँदै आइरहेको छ ।
यस्तै कम्पनीले यही डिसेम्बर २०२१ मा प्यूर्टो रिकोमा हुन गइरहेको मिस वर्ल्ड २०२१ पेजेन्टमा मिस नेपाल २०२० नम्रता श्रेष्ठद्वारा प्रस्तुत गरिने ‘ब्युटी विथ ए पर्पाेज’ परियोजनमा वृज सिमेन्ट सहभागी हुन लागेको जनाएको छ । ‘ब्युटी विथ ए पर्पाेज’ मिस वर्ल्ड प्रतियोगितामा जितिने सबैभन्दा प्रतिष्ठित उपाधि मानिन्छ । यो उपाधि नेपालले २०१३, २०१८ र २०१९ मा जितिसकेकोे छ । यस वर्ष नम्रता श्रेष्ठले आफ्नो ‘ब्युटी विथ ए पर्पाेज’ प्रोजेक्टको लागि धादिङ जिल्लाको थोपल खोलामा एउटा ट्रेल पुल बनाउने योजना छनौट गरेको गरेकी छिन् ।
मिस नेपाल २०२० नम्रता श्रेष्ठले आफनो ‘ब्युटी विथ ए पर्पाेज’ परियोजनाअन्तर्गत धादिङ्ग जिल्ला, निलकण्ठ गाउँपालिकाको १२ र १३ नं. वडामा पर्ने चिरिन पुच्छर थोपल खोलामा बन्ने ७३ मिटर लम्बाइको पक्की पुल निर्माण गर्ने भएकी हुन् । श्रेष्ठमार्फत यो पुल निर्माणमा आवश्यक पर्ने सिमेन्ट केडिया अर्गनाइजेसनअन्तर्गतको संस्था वृज सिमेन्ट र पुष्पतारा केडिया सेवा फाउन्डेसनले संयुक्त रुपमा सहयोग गर्ने सहमति भएको कम्पनीले जनाएको छ । पुष्पतारा केडिया सेवा फाउन्डेसनले विभिन्न सामाजिक संघ/संस्थालगायत विभिन्न क्षेत्रहरूमा आफनो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरूलाई सहायता प्रदान गर्दै आइरहेको छ ।