काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरूलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रद्री ट्रेडिङ प्रालिसँग आज शुक्रलबार सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार सिप्रदी ट्रेडिङ प्रालिबाट ग्राहकहरूले टाटा ब्राण्डका गाडीहरू खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिनेछ । देशका १०३ वटा शाखाहरूबाट ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकको सम्पूर्ण शाखाहरूबाट यो सुविधा उपलब्ध हुनेछ ।