काठमाडौं । कोरोना भाइरस (कोभिड १९) महामारीले उत्पन्न असहज आर्थिक अवस्थामा लघुवित्त वित्तीय संस्थाहरुले उच्चरुपमा खुद मुनाफा कमाएका छन् । सरकारले कोभिड १९ को नियन्त्रणको लागि विभिन्न समयमा लकडाउन तथा निषेधाज्ञा जारी गरे पनि लघुवित्त संस्थाहरुको खुद मुनाफामा भने यसको असर खासै कम परेको देखिएको छ ।
सञ्चालनमा रहेका ७२ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये हालसम्म ५८ वटा लघुवित्त वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/०७८ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने संस्थाहरुमध्ये एकाधबाहेक सबैजसो संस्थाहरुको खुद मुनाफा बढेको छ । त्यसमाथि पनि निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स, जीवन विकास लघुवित्त वित्तीय संस्था लगायतका एक दर्जनभन्दा बढी संस्थाहरुको खुद मुनाफा विकास बैंकहरुले आर्जन गरेको खुद मुनाफाभन्दा बढी देखिएको छ ।
तीमध्ये छिमेक लघुवित्त वित्तीय संस्थाले आव २०७७/०७८ मा एक अर्ब २१ करोड ५६ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा छिमेकको यस्तो नाफा ६४ करोड ९२ लाख ४० हजार रुपैयाँ रहेको थियो । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले पनि आव २०७७/०७८ मा ७१ करोड ३७ लाख २९ हजार पाँच सय ३४ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा संस्थाको यस्तो नाफा २७ करोड ४९ लाख ९१ हजार चार सय रुपैयाँ रहेको थियो । फष्र्ट माइक्रोफाइनान्सले पनि आव २०७७/०७८ मा १४ करोड १५ लाख २८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
अघिल्लो सोही अवधिमा भने संस्थाको यस्तो नाफा १३ करोड ९७ लाख २८ हजार रुपैयाँ रहेको थियो । सबैको लघुवित्त वित्तीय संस्थाले पनि आव २०७७/०७८ मा ११ करोड ४३ लाख १६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले अघिल्लो आवको सोही अवधिमा भने तीन करोड ४४ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । मिर्मिरे लघुवित्तले भने आव २०७७/०७८ मा २० करोड एक लाख ३३ हजार रुपैयाँ खुद मुनफा कमाएको छ । अघिल्लो आवमा संस्थाको यस्तो नाफा तीन करोड ४३ लाख ९३ हजार रुपैयाँ रहेको थियो । समता लघुवित्तले आव २०७७/०७८ मा १० करोड ८३ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा यस्तो नाफा पाँच करोड १३ लाख २८ हजार रुपैयाँ रहेको थियो ।
आरएमडीसीले पनि आव २०७७/०७८ मा २३ करोड २५ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा संस्थाको यस्तो नाफा २८ करोड ६० लाख आठ हजार रुपैयाँ रहेको थियो । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले पनि आव २०७७/०७८ मा १५ करोड ४३ लाख २१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा संस्थाको यस्तो नाफा पाँच करोड ७२ लाख ३३ हजार रुपैयाँ रहेको थियो । महुली लघुवित्त वित्तीय संस्थाले पनि आव २०७७/०७८ मा नौ करोड ८० लाख ४७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने यस्तो मुनाफा दुई करोड १५ लाख ४१ हजार रुपैयाँ रहेको थियो । सृजनशील लघुुवित्त वित्तीय संस्थाले पनि आव २०७७/०७८ मा छ करोड पाँच लाख ८७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
अघिल्लो आवमा संस्थाको यस्तो नाफा एक करोड ३७ लाख ८१ हजार रुपैयाँले ऋणात्मक रहेको थियो । साधना लघुवित्त वित्तीय संस्थाले भने आवमा ११ करोड ७० लाख ९५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा संस्थाको यस्तो नाफा तीन करोड ९५ लाख १३ हजार रुपैयाँ रहेको थियो ।
आशा लघुवित्त वित्तीय संस्थाले पनि आव २०७७/०७८ मा १२ करोड ७१ लाख ४१ हजार तीन सय ६० रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा चार करोड ६६ लाख ३० हजार चार सय ७० रुपैयाँ रहेको थियो । वोमी लघुवित्त वित्तीय संस्थाले पनि आव २०७७/०७८ मा १६ करोड पाँच लाख ३९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड नौ लाख ३६ हजार रुपैयाँ रहेको थियो । यसैगरी आरएसडीसी लघुवित्त वित्तीय संस्थाले पनि आव २०७७/०७८ मा नौ करोड १० लाख ८० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा सात करोड ८८ लाख ८७ हजार रुपैयाँ रहेको थियो । नयाँ सारथि लघुवित्त वित्तीय संस्थाले भने आव २०७७/०७८ मा १० करोड ५८ लाख २७ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा संस्थाको यस्तो नाफा दुई करोड ८८ लाख ३३ हजार रुपैयाँ रहेको थियो । समिट लघुवित्त वित्तीय संस्थाले पनि आव २०७७/०७८ मा ११ करोड ९८ लाख तीन हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ९७ लाख १९ हजार रुपैयाँ रहेको थियो । सिभिल लघुवित्त वित्तीय संस्थाले पनि आव २०७७/०७८ मा छ करोड ५४ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड १३ लाख ९५ हजार रुपैयाँ रहेको थियो । मेरो माइक्रोफाइनान्सले पनि आव २०७७/०७८ मा ४४ करोड ७२ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १८ करोड २१ लाख ६६ हजार रुपैयाँ रहेको थियो । ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाले पनि आव २०७७/०७८ मा २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा पाँच करोड ९४ लाख २६ हजार रुपैयाँ रहेको थियो । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले भने आव २०७७/०७८ मा ६१ करोड ९४ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा संस्थाको यस्तो नाफा ३५ करोड ६१ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।
गणपति लघुवित्त वित्तीय संस्थाले पनि आव २०७७/०७८ मा चार करोड २१ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ३९ लाख ५० हजार रुपैयाँ रहेको थियो । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा १९ करोड ३१ लाख ९२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा छ करोड ५२ लाख ६५ हजार रुपैयाँ रहेको थियो । यीबाहेक सूर्योदय लघुवित्त, उपकार लघुवित्त, आरम्भ चौतारी, महिला लघुवित्त, स्वाभिमान लघुवित्तलगायतका संस्थाहरुको खुद मुनाफा पनि उच्च देखिएको छ । (आर्थिक दैनिकबाट)






