काठमाडौं । सिन्धु विकास बैंकले आर्थिक बर्ष २०७७–०७८ मा तीन करोड १८ लाख ९५ हजार ७६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक करोड ६६ लाख ७१ हजार दुई सय ५२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ५५ करोड ७४ लाख ५६ हजार ६७ रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा चार अर्ब २५ करोड ७८ लाख ५३ हजार ५८ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ९२ करोड ६० लाख ५३ हजार छ सय ९२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १६ करोड ९४ लाख १२ हजार एक सय ६६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा पाँच दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने वितरणयोग्य नाफा दुई करोड आठ लाख २८ हजार तीन सय ६० रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले तीन अर्ब ३२ करोड ७८ लाख १३ हजार तीन सय ७२ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १२ करोड ४५ लाख छ हजार ९१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ४३ लाख एक हजार एक सय ९२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।