काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७७–०७८ मा १३ करोड ७० लाख ५४ हजार एक सय ३२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा १० करोड ३६ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार दुई सय २४ रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा ११ अर्ब ३९ करोड ६९ लाख ४५ हजार छ सय ३२ रुपैैयाँ निक्षेप संकलन गरी नौ अर्ब २० करोड १४ लाख १४ हजार आठ सय ६५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४६ करोड ११ लाख ८० हजार चार सय ५४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ८४ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने नौ करोड ९६ लाख ६९ हजार सात सय ५६० रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले १० अर्ब १४ करोड ११ लाख ७४ हजार दुई सय तीन रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ८० करोड ९१ लाख ४९ हजार ५० रुपैैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४७ करोड आठ लाख ३७ हजार दुई सय ३७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर सात दशमलव पाँच प्रतिशत रहेको थियो ।