काठमाडौं । नाडेप लघुबित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा १५ करोड ६८ लाख ४८ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाले १८ लाख ५२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
हाल चुक्ता पुँजी ४० करोड ४८ लाख रूपैयाँ रहेको संस्थाले आव २०७७–०७८ मा एक अर्ब ५४ करोड ४२ लाख ४७ हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ४० करोड ४० लाख ७८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४७ करोड ५७ लाख सात हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड ७८ लाख ८६ हजार रूपैयाँ रहेको संस्थामा तीन दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ३६ करोड २० लाख २० हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब १२ करोड ६६ लाख १५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड ३६ लाख १४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड १५ लाख ७९ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ६७ प्रतिशत रहेको थियो ।