काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा नौ करोड १० लाख ८० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा सात करोड ८८ लाख ८७ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ७३ करोड १९ लाख ६० हजार रूपैयाँ रहेको संस्थाले आव २०७७–०७८ मा तीन अर्ब सात करोड ४६ लाख ९७ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ४९ करोड ४४ लाख आठ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १६ करोड ४० लाख ५३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ५१ लाख आठ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ९९ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ६० करोड ६९ लाख ८८ हजार रूपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ८५ करोड ६३ लाख ८२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड २१ लाख ४८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ६० लाख ६५ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव २९ प्रतिशत रहेको थियो ।