काठमाडौं । आईसीएफसी फाइनान्सले आर्थिक वर्ष २०७७–०७८ मा १९ करोड ६२ लाख ७३ हजार सात सय ५१ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा १० करोड ४३ लाख ५३ हजार आठ सय ३१ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब दुई करोड ४२ लाख ६५ हजार आठ सय रूपैयाँ रहेको फाइनान्सले आव २०७७–०७८ मा १५ अर्ब १८ करोड ८१ लाख ९७ हजार सात सय ८९ रूपैयाँ निक्षेप संकलन गरी १० अर्ब ५८ करोड ७९ लाख २२ हजार छ सय ४३ रूपैैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३० करोड ३९ लाख २० हजार तीन सय ६२ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ८४ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको बितरणयोग्य नाफा भने १२ करोड ८५ लाख ५२ हजार एक सय २० रूपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सले १२ अर्ब ६३ करोड ८४ लाख ८६ हजार तीन सय १० रूपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ९६ करोड ६४ लाख ८३ हजार आठ सय १९ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३९ करोड ८६ लाख ८० हजार दुई सय २६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९१ प्रतिशत रहेको थियो ।