काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ५८ करोड ८० लाख ३६ हजार नौ सय रूपैयाँमध्येबाट ३० प्रतिशतले हुुन आउने १७ करोड ६४ लाख ११ हजार एक सय रूपैयाँबराबरको १७ लाख ६४ हजार एक सय ११ कित्ता साधारण सेयर जारी गर्नको लागि बीओके क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
नियुक्तिसम्बन्धी सम्झौतामा मन्दाकिनी हाइड्रोका तर्फबाट सञ्चालक समितिका अध्यक्ष महेशबहादुर बस्नेत र क्यापिटलमा तर्फबाट प्रमुुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका हुुन् । सम्झौतापश्चात् मन्दाकिनीको सेयर रजिष्टारसम्बन्धी सम्पूर्ण कार्यहरू बीओके क्यापिटल लिमिटेडले गर्नेछ ।