काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । लगातार तीन दिनको सार्वजनिक बिदापछि आज मंगलबार पहिलो दिन खुलेको बजार परिसुचक ५६ दसमलव तीन अंकले ओरालो लागेर तीन हजार एक सय २४ दसमलव ८७ अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दसमलव ८१ अंकले ओरालो लागेर पाँच सय ७७ दसमलव ६६ अंकमा झरेको छ । आज कुल १३ वटा उपसमुह अन्तर्गत दुई सय २५ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसअन्तर्गत एक लाख ५६ हजार नौ सय १३ पटकको करोवारमा दुई करोड ५३ लाख १६ हजार आठ सय पाँच कित्ता सेयर किनबेच भएका छ । जसबाट आज कुल कारोवार रकम १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहरु मध्ये दुई वटा उपसमुहको सुचक उकालो लागेका छन् भने ११ वटा उपसमुहको सुचक ओरालो लागेका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुुहिक लगानी कोष र लगानी उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने फाईनान्स र निर्जिवन बीमा उपसमुहको सुचक उकालो लागेका छन् ।