काठमाडौं । बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले आउँदै गरेको दशैँको अवसर पारेर ‘बजाज खुसीको ३ डोज’ योजना सार्वजनिक गरेको छ ।
ग्राहकहरुले यस अफरअन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्ने बखतमा र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले १० हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् । त्यसबाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरिदको दौरानमा एक लाख रुपैयाँसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् । यस्तै बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाख रुपैयाँको नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।
बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउँदै आइरहेको जनाएको छ । कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरुमाझ खुसी बाड्न आवश्यकताअनुरुपका योजनाहरु ल्याएको छ । दशैं चाडको यो महत्वपूर्ण समयमा बजाजले उपभोक्ताहरुलाई आफ्नो विशेषाधिकारको आनन्द उठाउने, खुसीका साथ उत्सव मनाउने र ग्राहहरुको सुरक्षाको ग्यारेन्टीको समेत सुनिश्चित गर्न ‘बजाज खुसीको ३ डोज’ अफर ल्याएको हो ।