काठमाडौं । जानकी फाइनान्सले आर्थिक वर्ष २०७७–०७८ मा छ करोड ३५ लाख १२ हजार छ सय १७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा सात करोड ९६ लाख ७७ हजार पाँच सय ८२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६० करोड चार लाख ११ हजार एक सय रुपैयाँ रहेको फाइनान्सले आव २०७७–०७८ मा तीन अर्ब ५५ करोड ५१ लाख सात हजार चार सय ३७ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ३२ करोड ७१ लाख ७३ हजार तीन सय ४७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड ५१ लाख ४१ हजार २५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुई दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ९७ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सले दुई अर्ब ४६ करोड २१ लाख ४५ हजार तीन सय ९६ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २३ करोड ५६ लाख ८६ हजार चार सय ४१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १८ करोड ११ लाख ५७ हजार आठ सय ४९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुई दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९९ प्रतिशत रहेको थियो ।