काठमाडौं । सेयर बजार परिसुचक पुन तीन हजार अंंकमा खुम्चिएको छ । यसअघि लगातार बढेर तीन हजार दुई सय अंकसम्म पुगेको सेयर बजार परिसुचक पछिल्लो दिन ओरालो लाग्दै जाँदा पुन तीन हजार अंकमा खुम्चिएको हो । सोही क्रममा अघिल्लो दिन ५६ अंकले ओरालो लागेको बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुधबार पुुन ४८ दसमलव ४२ अंकले ओरालो लागेर तीन हजार ७६ दसमलव ४४ अंकमा खुम्चिएको हो ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौ दसमलव ६७ अंकले ओरालो लागेर पाँच सय ६७ दसमलव ९९ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख १८ हजार नौ सय ७२ पटकको कारोवारमा एक करोड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर किनबेच भएका छन् ।
सोही किनबेचका आधारमा यसदिन कुल कारोवार रकम १२ अर्ब नौ करोड २१ लाख तीन हजार पाँच सय चार रुपैयाँ बराबरको सेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लाग्दा सेयर बजार पुरै रातो भएको हो ।