काठमाडौं । नेपाल फाइनान्सले आर्थिक वर्ष २०७७–०७८ मा दुई करोड ६२ लाख २८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा चार करोड ४६ लाख १५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४९ करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको फाइनान्सले आव २०७७–०७८ मा ७१ करोड १२ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी २९ करोड ७२ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड ९९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा ४४ दशमलव ८२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा पाँच दशमलव १० प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको बितरणयोग्य नाफा एक करोड ७४ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सले २० करोड ९३ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन करोड १० लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड ७० लाख ५१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा ६८ दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर सात दशमलव ६४ प्रतिशत रहेको थियो ।