काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७७–०७८ मा १० करोड १९ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा छ करोड २७ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८६ करोड ४० लाख रुपैयाँ रहेको फाइनान्सले आव २०७७–०७८ मा छ अर्ब ७८ करोड ५८ लाख ६७ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ४३ करोड ५५ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १८ करोड ५२ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ७८ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सले चार अर्ब ८३ करोड ५३ लाख ३४ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५१ करोड ८६ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड ६८ लाख ५५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ८८ प्रतिशत रहेको थियो ।