काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संंस्थाले आर्थिक वर्ष २०७७–०७८ मा पाँच करोड ६६ लाख ३६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड २३ लाख ९० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ११ करोड ८३ लाख २४ हजार रुपैयाँ रहेको संस्थाले आव २०७७–०७८ मा ६८ करोड ३६ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९८ करोड १५ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १५ करोड ६९ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड ६६ ३६ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव २८ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले ५३ करोड ८१ लाख दुुई हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५० करोड ८२ लाख १४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड १३ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा प्रोभिजन रकम चार करोड चार लाख ४४ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ५८ प्रतिशत रहेको थियो ।