काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले बढी अनुपातमा रहेको संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गरेको छ । कम्पनीका अनुसार साताको अन्तिम कारोबार दिन बिहिबार कम्पनीले १७ लाख ७८ हजार २६ दशमलव १४ कित्ता संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गरेको हो । सेयर रूपान्तरणपश्चात् कम्पनीमा संस्थापक तथा साधारण सेयरधनी समूहको अनुपात ५१ः४९ प्रतिशत कायम भएको छ ।
कम्पनीले आव २०७७–०७८ मा १२ करोड १३ लाख ७५ हजार रूपैयाँ खुद मुुनाफा कमाएको छ । अघिल्लो आवमा कम्पनीको यस्तो नाफा नौ करोड ४९ लाख ९६ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रूपैयाँ रहेको कम्पनीको आव २०७७–०७८ मा प्रति सेयर आम्दानी छ रूपैयाँ १४ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटर्वथ भने एक सय २३ रूपैयाँ ५४ पैसा रहेको छ ।