काठमाडौं । नेपाल एसबीआई बैंक र सिप्रदी ट्रेडिङ लिमिटेडले सम्झौता गरेका छन् । बैंकका अनुसार ग्राहकहरूलाई हायर पर्चेज कर्जामा सहकार्य गर्ने विषयमा उक्त सम्झौता गरिएको हो ।
सम्झौतामा बैंकको तर्फबाट रिटेल बैंकिङ प्रमुुख बद्रिलाल अमात्य र सिप्रदीका तर्फबाट अनुपमणि ढकालले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बैकका तर्फबाट प्रमुख कर्जा अधिकृत विनोदकुमार ढुंगेल एवं सिप्रदी ट्रेडिङका तर्फबाट अन्य उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
बैंकले हाल सबै क्षेत्रमा गरी ८८ वटा शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालय, एउटा कर्पोरेट कार्यालय र एक सय २२ वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।