काठमाडौ ।सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार बजार परिसुचक ६९ दसमलव पाँच अंकले ओरालो लागेर दुई हजार नौ सय ७५ दसमलव ८४ बिन्दुुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दसमलव ३४ अंकले ओरालो लागेर पाँच सय ५० दसमलव ५२ बिन्दुुमा झरेको छ । आज १३ वटा उपसमुह अन्र्तगत दुुई सय २७ वटा कम्पनीहरुको सेयर किनबेच भएकाछन ।
जसबाट एक लाख ३० हजार सात सय ७४ पटकको कारोवारमा दुई करोड ३१ लाख नौ हजार सात सय १३ कित्ता सेयर किनबेच हुुन पुुगेको छ । सोही आधारमा आज कुल सेयर कारोवार रकम १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार एक सय सात रुपैयाँ पुगेको छ ।नेपाल स्टक एक्सचेन्ज लिमिचभटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लाग्दा सेयर बजार पुरै रातो भएको छ ।