काठमाडौँ ।सेयर बजारमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन ६९ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुधबार भने एक दसमलव १४ अंकले उकालो लागेर दुुई हजार नौ सय ७६ दसमलव ९८ बिन्दुुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव १७ अंकले उकालो लागेर पाँच सय ५० दसमलव ६९ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुह अन्र्तगत दुई सय २६ वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन । जसबाट एक लाख चार हजार तीन सय ४२ पटकको कारोवारमा एक करोड ७१ लाख ८२ हजार आठ सय ७१ कित्ता सेयर खरिद बिक्री भएकाछन । सोही आधारमा आज कारोवार रकम नौ अर्ब ३५ करोड १७ लाख ९९ हजार छ सय ५५ रुपैयाँमा खुम्चिएको छ । अघिल्लो दिन यस्तो कारोवार रकम १३ अर्ब २५ करोड रुपैयाँ रहेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहरु मध्ये पाँच वटा उपसमुहरुको सुचक उकालो लागेकाछन भने बाँकी उपसमुहरुको सुचक ओरालो लागेकाछन । जसमध्ये बाँणिज्य बैंक, होटल तथा पर्यटन, जीवन बीमा, लगानी र टे«डिङ उपसमुहको सुचक उकालो लागेकाछन भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, उत्पादनमुलक, लघुुबित्त, सामुुहिक लगानी कोष र अन्य उपसमुहहरुको ओरालो लागेकाछन ।