काठमाडौँ ।अनलाइन बजार दराजले ग्राहकहरूको लागि अनलाइन शपिङ थप सुविधाजनक बनाएको छ । कम्पनीले आईएमई पेसँग साझेदारी गरी देशका विभिन्न भागहरूमा नयाँ ड्रप अफ पोइन्ट्सहरू प्रारम्भको घोषणा गरेको छ ।कम्पनीका अनुसार यस साझेदारीको माध्यमबाट, चयन आईएमई पे हब दराज ग्राहकहरूको लागि ड्रप अफ पोइन्ट्सहरूको रूपमा कार्यमा आउनेछ । साथै सामान रिटर्नको लागि एक अधिक सुविधा प्रदान गर्नेछ । ग्राहकहरू अब नजिकको आईएमई पे हबमा गएर कुनै पनि उत्पादनहरू सजिलैसँग फिर्ता गर्न सक्नेछन् । दराज जस्तै ई–वाणिज्य र आईएमई पे जस्तो फिनटेक कम्पनीबीच यस हिसाबको साझेदारी नेपालमा पहिलोपटक उत्पन्न भएको दराजले जनाएको छ । यस साझेदारीको उद्देश्य भनेको ग्राहकहरूलाई अनलाइन डिजिटल प्लेटफर्मको प्रयोग गर्न अतिरिक्त कारणहरू पेश गर्नुको साथसाथै ई–वाणिज्य इकोसिस्टमलाई अझै माथि बढ्न मद्दत गर्नु रहेको कम्पनीको भनाइ छ ।
दराजको हबबाहेक अब ग्राहकहरूले बज्र सब रेमिट–जोरपाटी, हेलो हाई कनेक्सन–जावलाखेल, सिम्पल सब मनि ट्रान्सफर–कोटेश्वर, पीबी ट्राभल्स एन्ड टुर्स – बुद्ध चोक, पोखरा, सामभावी ट्रेडर्स ः बैंक अफ काठमाडौँ, विराटनगर र न्यु वीरगञ्ज मनि ट्रान्सफर– भानु चोक, वीरगञ्जमा गई आफ्नो प्याकेज फिर्ता गर्नको लागि छोड्न सक्नेछन् । यी छ स्थानहरूसँगै, थप १८ वटा स्थानहरू अर्को हप्ताभित्र खोलिने कम्पनीले जानकारी दिएको छ । यसैगरी ग्राहकहरूले दराज एपमार्फत सामान फिर्ता गर्ने क्रममा दुई विकल्पहरूको चयन गर्न पाउनेछन् । पहिलो विकल्प भने ग्राहकहरूले दराजको डेक्स राइडरलाई बोलाई आफ्नो सामान फिर्ता दिएर पठाउन सक्नेछन् भने भने दोस्रो विकल्प इच्छुक ग्राहकहरू आफैँ ड्रप अफ पोइन्टमा गई सामान छोड्न सक्नेछन् । दोस्रो विकल्प छनौट गरी ड्रप अफ पोइन्टमा गए, ग्राहकहरूलाई फ्रन्ट डेस्क अपरेटरले सामान फिर्ता गर्ने प्रक्रियाहरूको सबै जानकारी दिनेछ ।