काठमाडौ ।सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन झिनो अंकले सुधार देखिएको सेयर बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार ५० दसमलव १३ अंकले ओरालो लागेर दुुई हजार नौ सय २३६ दसमलव ८९ अंकमा खुभ्चिएको हो ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दसमलव नौ अंकले ओरालो लागेर पाँच सय ४१ दसमलव ७७ अंकमा खुम्चिएको छ । आज १३ वटा उपसमुह अन्र्तगत दुई सय ३० वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन ।
जसअन्र्तगत एक लाख पाँच हजार सात सय ७५ पटकको कारोवारमा एक करोड ८१ लाख नौ हजार नौ सय ६७ कित्ता सेयर खरिद बिक्री भएकाछन । सोही खरिद बिक्रीका आधारमा यसदिन कुुल कारोवार रकम नौ अर्ब ५० करोड ५९ लाख ७० हजार आठ सय २२ रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।