बाके ।बाँकेको कोहलपुर नगरपालिका ११ मा करोड बढी लागतमा अत्याधुनिक सेवा सुविधासहित भेरी कर्णाली पोलिक्लिनिक सञ्चालन भएको छ । कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी चौधरी र उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलले संयुक्तरूपमा सो पोलिक्लिन उदघाटन गरेका छन् ।
उदघाटनको क्रममा बोल्दै कोहलपुर नगर उपप्रमुख चौधरीले कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशवासीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिएकी थिइन् । यस्तै भेरी कर्णाली पोलिक्लिनिक सेयर सदस्य रत्न चन्दले एक करोड १५ लाखको लगानीमा पोलिक्लिनिक सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका बासिन्दाहरूलाई प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले पोलिक्लिनिक सञ्चालनमा ल्याइएको बताए ।