काठमाडौं । गुडविल फाइनान्सले आर्थिक बर्ष २०७७–०७८ मा १८ करोड ३१ लाख ९२ हजार पाँच सय ३९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा १० करोड ७८ लाख ५१ हजार दुई रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८६ करोड ७२ लाख रुपैयाँ रहेको फाइनान्सले आव २०७७–०७८ मा १० अर्ब आठ करोड नौ लाख ६२ हजार दुई सय ९८ रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ३७ करोड ७९ लाख ५२ हजार दुई सय ५३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २६ करोड ५५ लाख ४९ हजार पाँच सय ६७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको स्प्रेड दर भने चार दशमलव ९९ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सले आठ अर्ब ३७ करोड ४८ लाख ४७ हजार पाँच सय ९१ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ४५ करोड १३ लाख ८२ हजार चार सय ५७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २७ करोड १२ लाख ४२ हजार पाँच सय ५७ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।