काठमाडौं । यस साता सेयरबजार परिसूचक दुई हजार नौ सय २६ दशमलव ८९ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ४१ दशमलव ७७ बिन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय ३० वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार पाँच लाख २८ पटकको कारोबारमा आठ करोड ३२ लाख ९० हजार आठ सय ६४ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ४७ अर्ब ७६ करोड ८७ लाख ११ हजार ८९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा छ अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ३२ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार चार लाख छ हजार आठ सय २३ पटकको कारोबारमा छ करोड ६६ लाख छ हजार चार सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ४१ अर्ब ६३ करोड ८५ लाख ४६ हजार तीन सय ५६ रुपैयाँ पुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष चार कार्य दिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो, तेस्रो र पाँचौँ दिन सेयरबजार ओरालो लागेको थियो चौथो दिन उकालो लागेको थियो । दोस्रो दिन भने सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । जसअनुसार पहिलो दिन बजार परिसूचक ४९ दशमलव १८ अंकले ओरालो लागेर तीन हजार ४४ दशमलव ८६ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ५७ अंंकले ओरालो लागेर पाँच सय ६२ दशमलव ८८ बिन्दुमा झरेको थियो । दोस्रो दिन भने सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो ।
तेस्रो दिन भने बजार परिसूचक ६९ दशमलव पाँच अंकले ओरालो लागेर दुई हजार नौ सय ७५ दशमलव ८४ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ३४ अंंकले ओरालो लागेर पाँच सय ५० दशमलव ५२ बिन्दुमा झरेको थियो । चौथो दिन भने बजार परिसूचक एक दशमलव १४ अंकले उकालो लागेर दुई हजार नौ सय ७६ दशमलव ९८ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव १७ अंकले उकालो लागेर पाँच सय ५० दशमलव ६९ बिन्दुमा चढेको थियो । पाँचौँ दिन भने बजार परिसूचक ५० दशमलव १३ अंकले ओरालो लागेर दुई हजार नौ सय २६ दशमलव ८९ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव नौ अंकले उकालो ओरालो लागेर पाँच सय ४१ दशमलव ७७ बिन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा अपर तामाकोशी हाइड्रोपावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी अरुण कावेली पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनी हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिक, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । 