काठमाडौं । सेयर बजार परिसुचक २८ सय अंकमा खुम्चिएको छ । केहीदिनअघिसम्म पनि तीन हजार अंकमाथि रहेको सेयर बजार परिसुचक पछिल्ला दिनहरुमा लगातार ओरालो लाग्दै आएको छ ।
सो मध्ये पनि साताको पहिलो कारोवार दिन आज आईतबार बजार परिसुचक एक सय आठ दसमलव २६ अंकले ओरालो लागेर २८ सय १८ दसमलव ७२ बिन्दुमा खुम्चिएको हो । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १९ दसमलव ७६ अंकले ओरालो लागेर पाँच सय २२ दसमलव एक बिन्दुमा खुम्चिएको छ ।
आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २३ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट एक लाख २९ हजार एक सय ४२ पटकको कारोवारमा दुुई करोड ३० लाख ७९ हजार आठ सय ३२ कित्ता सेयर खरिद बिक्री भएका छन् ।
सोही आधारमा आज कुल सेयर कारोवार रकम ११ अर्ब २४ करोड तीन लाख ९१ हजार ४५ रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन १३ वटा उपसमुहरुको सेयर किनबेच भएका छन् । जसमध्ये सबै उपसमुहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।